दुराडाँडा । सुन्दरबजार नगरपालिका ४ दुराडाँडास्थित संस्कृति सदन माविको हातामा जादुमय कला र गलामार्फत् ठाडोभाका घन्किरहेको थियो । ठाडोभाकाका नवप्रतिभा द्वय सावित्री शाही र नवीन बरालले विद्यालयमा आयोजित छात्रवृत्ति वितरण एवं ठाडोभाका प्रस्तुति कार्यक्रममा आफ्नो प्रतिभा देखाएका हुन् ।
कार्यक्रममा २७ वर्षीया साबित्री र २२ वर्षीय नवीन बरालले ठाडोभाकाको ‘बागीना’का ३ वटै विधाको प्रस्तुति गरेर आफ्नो उत्कृष्ट प्रतिभाले स्रोता दर्शकको मन जितेका थिए । पछिल्ला वर्षमा सामाजिक मर्यादासमेत कुल्चिएर छाडा हुँदै गएको सुगम दोहोरीबाट दिक्क भएका दुराडाँडावासीहरूले अत्यन्तै मर्यादित एवं अनुशासित ढंगले शालीन शब्दमा कथिएको परिवेशजन्य ठाडोभाका सुनेपछि उनीहरुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यस्तै प्रतिष्ठान कार्यकारी सदस्य लोकगायिका सीता दुरा, लोकगायिकात्रय देउकुमारी गुरुङ, मीना गुरुङ र पानमाया गुरुङको समूहले पनि ठाडोभाका प्रस्तुत गरेका थिए ।
दुराडाँडा नेपालको मौलिक लोकलयको ठाडोभाका गीतको सिर्जना गर्ने ऐतिहासिक थलोसमेत हो । दुराडाँडाका देउवहादुर दुराद्वारा रचित र पञ्चैसुब्बा गुरुङ मैरानी दुरा, पेचेरे दुरादेखि भेडीखर्के साइँलासम्मका पुस्ताद्वारा संरक्षण गरी प्रवद्र्धन गरिएको ठाडोभाका पछिल्ला दिनमा भने यस गीतको गायकहरूको अभावमा अस्तित्व संकटमा पर्दै गएको थियो । ३० वर्षमुनिका युवायुवतीको ठाडोभाका कला देखेपछि वरिष्ठ समाजसेवी पूर्णभद्र न्यौपाने, निवृत्त शिक्षक टीकाराम खनिया, प्रधानाध्यापक शिवशंकर तिवारीलगायतले एकै स्वरमा भने, ‘ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण भएछ, अब यो मर्दैन, ठाडोभाका लोककला प्रतिष्ठानले काम गरेको रहेछ भन्ने पुष्टि भयो, कालाकार भाइबहिनी र प्रतिष्ठानका अध्यक्षसहितका पदाधिकारीलाई बधाई छ ।’
कार्यक्रममा लोककला प्रतिष्ठान नेपालका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ प्रमुख अतिथि थिए । उनले आफूहरूले ठाडोभाकाको संरक्षण एवं प्रवद्र्धनका लागि प्रतिष्ठान स्थापना गरेर गरेको प्रयास सार्थक हुँदै गएको पाउँदा गर्व लागेको बताए । उनले विद्यालयमा मादल र बाँसुरी किन्न लागि ३ हजार रुपैयाँ प्रधानाध्यापक शिवशंकर तिवारीलाई हस्तान्तरण गरे ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले संस्थागत गतिविधिबारे जानकारी दिए । उनले ठाडोभाकालगायत लोकसंस्कृति संरक्षण गर्ने उद्देश्यले आफूहरूले २०७२ सालमा प्रतिष्ठान स्थापना गरेको र गर्व गर्न लायक परिणाम देखिन थालेको बताए ।
यसैबीच कक्षा ६ मा अध्ययनरत छात्रा सुजिना भुजेललाई छात्रवृत्ति प्रदान गरिएको थियो । भुजेललाई सो विद्यालयमा अध्ययन गर्दासम्म सम्पूर्ण खर्च उपलब्ध गराइने प्रतिष्ठानका सचिव कृष्ण आलेले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णराज खनियाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्णभद्र न्यौपाने, वडा नं ४ का सचिव शिव श्रेष्ठलगायतले बोलेका थिए । सहायक प्रअ अशोक न्यौपानेले स्वागत तथा प्रअ शिवशंकर तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१