युआरएलमा असोजभर टिजी सित्तैमा

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७८
url~

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले चाडपर्व लक्षित फेस्टिभल अफर सार्वजनिक गरेको छ । अफरमा असोजभर रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
यो अफर युआरएलको प्रधानकार्यालय सभागृहचोक, गिरी कम्प्लेक्ससहित शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दुलेगौंडा, दमौली, बेंसिसहर र वालिङमा समेत उपलब्ध छ । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, उत्कृष्ट मेसिन र दक्ष जनशक्तिबाट सेवा दिइरहेको युआरएलले चाडपर्वका बेला ग्राहकलाई उपहारस्वरुप योजना ल्याएको अर्थ निर्देशक गणेश कोइरालाले बताए ।
महामारीका बेला स्वास्थ्य मापदण्ड पूरा गर्दै युआरएल गण्डकी प्रदेशलाई रक्त परीक्षणमा अत्मनिर्भर बनाउन लागिपरेको निर्देशक सन्दीप अर्यालले बताए । हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघसंस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width