पोखरा । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा महासंघ गण्डकी र कास्की शाखामा कार्यरत पत्रकार लगायत गरी ६० जनाको सहभागिता थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ प्रशिक्षक जगत नेपाल र हिरण्य जोशीले प्रस्तुति दिएका थिए । पत्रकार महासंघका उपाध्यक्ष विष्टले पछिल्ला दिनमा अनुसन्धानमा रहेर गरिने पत्रकारिता हराउँदै गएको धारणा राखे । अनुसन्धनात्मक पत्रकारिताका लागि महासंघले छुट्टै योजना बनाएर अगाडि बढ्ने उनले बताए । पत्रकारको पेसागत अधिकार र हकहितका विषयमा पार्टीको पछि नलागी समान धारणा हुुनुपर्नेमा उपाध्यक्ष विष्टले जोड दिए ।
महासंघ कास्की अध्यक्ष विमला भण्डारीले कोरोना कहरबीच महासंघले आफ्ना गतिविधि गर्न नपाएको जनाउँदै अब बिस्तारै तालिम लगायत अन्य कार्यक्रम गर्दै जाने धारणा राखिन् । पत्रकारको पेसागत सुरक्षाका लागि महासंघ सधैं अग्रसर रहने उनले बताइन् ।
प्रशिक्षक जगत नेपालले आचारसंहिताभित्र रहेर पत्रकारिता गर्न पत्रकारलाई सुझाव दिए । उत्तरदायी पत्रकारिता पछिल्ला समय चुनौतीको विषय भएकाले सबै सम्बन्धित निकाय चनाखो हुन आवश्यक रहेको बताए ।
अर्का प्रशिक्षक जोशीले पछिल्लो समय पत्रकारिता छाडा हुँदै गएको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । ४५ जिल्लामा गरिएको सार्वजनिक सुनुवाइमा मिडियामाथि नागरिकको विश्वास गुम्दै गएको पाइएकाले सजग हुनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीलगायतले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम, अभिमुखीकरण जस्ता कार्यक्रमहरु आवश्यक रहेको बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१