‘हिडन भ्याली’ सधैं छायामा

धनबहादुर गुरुङ
असाेज ८, २०७८
Ghachok Photo 1

पोखरा । घुम्न साह्रै सौखिन घाचोकका रामप्रसाद गुरुङ रहरैरहरमा ट्रेकिङ व्यवसायमा लागे । उनी माछापुच्छ्रे १, घाचोकका पहिलो पर्यटन व्यावसायी हुन् । उनले आफ्नै ट्रेकिङ एजेन्सी पनि चलाए । सिजनको बेला पर्यटक बोकेर माछापुच्छ्रे बेस क्याम्प इस्ट पुगिरहन्थे । पूर्वदेखि पश्चिम ट्रेकिङका लागि गए पनि उनलाई माछापुच्छ्रे बेस क्याम्प पुग्न औधी मन पथ्र्यो किनकि त्यो माटो उनको जन्मभूमिको हो । सुरुमा घाचोकबाट हिमालको फेदमा पुग्नेहरुका लागि कास्कीमै पनि नयाँ नयाँ रुट बन्न थाले । तर उनले मर्दी, माछापुच्छ्रेको फेद घाचोकबाटै पुर्‍याउने गर्थे । उनको मनपर्ने रुटमा पर्यटकको ओइरो नलागे पनि फाट्टफुट्ट पर्यटक भने जान्थे । तर कोरोनाले ट्रेकिङ रुटले पैतालाको स्र्प गर्न पाएको छैन ।
उनी माछापुच्छ्रे बेस क्याम्प इस्टलाई ‘हिडन भ्याली’ उपनाम दिन्छन् । गुरुङ भन्छन्, ‘हिडन भ्याली नेपालमा २ वटा छन्, एउटा धौलागिरीमा अर्को माछापुच्छ्रेको फेदीमा ।’ घाचोकबाट पुग्न ४ दिन लाग्ने उनी बताउँछन् । घाचोकबाट हिंडेको पहिलो रात हिले, दोस्रो रात खुमाई, तेस्रो रात कोर्चुङमा पुगेर चौथो दिनको बिहान बेसक्याम्प पुग्न सकिने उनले जानकारी दिए । खुमाईबाट माथि खान बस्नको व्यवस्था नभएकाले टेन्ट र खानाको भने आफैंले व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन् । कोर्चुङसम्म पुग्न सबै बन्दोबस्ती आफैंले गर्नुपर्ने कारण केही समस्या हुने उनले सुनाए । चिसो हावापानीसँग घुलमिल भएकाहरुले ट्रेकिङको रुट छोट्याउन सकिनेछ । माछापुच्छ्रे बेसक्याम्प इस्ट अथवा हिडन भ्यालीबाट मर्दी हिमाल चढ्न पनि सकिन्छ । निकै आकर्षक स्थान भएपनि पर्यटकको रोजाईमा नपरेको गुरुङ बताउँछन् ।
पर्यटकको सिजनमै पनि त्यो रुटले भनेजति पर्यटक भने पाएको थिएन । रुट हुँदै पुगिने ‘हिडन भ्याली’ छायामै परेको महसुस गर्दै स्थानीयले त्यस ट्रेकिङ रुटको प्रवद्र्धनका लागि भन्दै पटकपटक नाम परिवर्तन गराए । तर परिवर्तित नामले हिडन भ्यालीबाट माछापुच्छ्रेको आमनेसामने हुने पर्यटक पाएन । सुरुमा मर्दी हिमाल ट्रेक भनेर नामकरण गरियो । त्यसपछि सन् २००९ मा ट्रेकिङ एजेन्स एसोसिएसन अफ नेपाल (टान) सहयोगमा अरु बेसक्याम्प पनि पुग्न सकिने गरी मोडल माछापुच्छ्रे ट्रेक नामकरण भयो । टानले सहयोग गरे पनि भने जस्तो र सोचे जुस्तो नभएपछि स्थानीय युवा फेरि जागे । कोरोना महामारी सुरु हुनुभन्दा अघि घाचोकका युवाले वडा १ मा मात्र पर्ने गरी ग्रेट माछापुच्छ्रे ट्रेल नामकरण गरे । उनीहरु प्रवद्र्धनमा लागिपरेकै समय कोरोनाले बिचल्यो र ट्रेकिङको प्रचरात्मक काम रोकियो ।

रुट हँुदै पुगिने ‘हिडन भ्याली’ छायामै परेको महसुस गर्दै स्थानीयले त्यस ट्रेकिङ रुटको प्रवद्र्धनका लागि भन्दै पटकपटक नाम परिवर्तन गराए

आजभोलि कोरोनाले पर्यटक नपाएपछि नगएको २ वर्षभन्दा बढी भयो । तर त्यहाँका युवा तल्लिन छन् । उनीहरुकै सक्रियतामा खुमाईसम्म खानबस्न ससाना संरचना पनि बनाएका छन् । ट्रेलका व्यवस्थापन र संरचना निर्माणका लागि युवाले मात्र सम्भव नहुने ट्रेलका सल्लाहकार रुद्रकाजी गुरुङले बताए । ‘पूर्वाधारका लागि हामी स्थानीयले मात्र सकिँदैन,’ उनले भने, ‘यहाँ त सरकारी जग्गा परेको हुनाले सरकार, एक्याप, पालिकासँग समन्वय गर्नपर्ने हुन्छ । किनभने त्यो हाम्रो नियमले त चल्दैन् ।’ पूर्वाधार भएमात्र प्रवद्र्धन हुने भएकाले सम्बन्धित निकायसँग हार गुहार गरिरहेको उनले जानकारी दिए ।
माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले ट्रेल माछापुच्छ्रे गाउँपालिकाको महत्वपूर्ण ट्रेकिङ रुट रहेको बताए । आगामी दिनमा पत्रकार र सञ्चारकर्मीसँग समन्वयन गर्दै जाने उनको भनाइ थियो । पालिकाभित्र अन्नपूर्ण ३,४, माछापुच्छ्रे, मर्दी लगायत हिमालको बेसक्याम्पसम्म ट्रेकिङ गर्न सकिने उनको धारणा थियो । त्यसमध्ये पनि ट्रेल एउटै वडाभित्र परेको कारण महत्वपूर्ण रहेको बताउँछन् । पालिकाबाट ट्रेल प्रवद्र्धनका लागि पहल भए पनि सम्भव नभएको अध्यक्ष गुरुङले जानकारी दिए । ‘रुटको सबै ठाउँहरु संरक्षण क्षेत्रभित्र पर्छ, बाटो मात्र बनाएर भएन बासस्थान चाहियो,’ उनले भने, ‘बासस्थानका संरचना बनाउन जमिन चाहियो त्यसका लागि गाह्रो छ ।’ संरक्षण क्षेत्रभित्र परेको कारण मात्र नभएर त्यहाँको वन क्षेत्रका कारण पनि अझ समस्या परेको उनको भनाइ थियो । वन र संरक्षण क्षेत्र केन्द्रको अधिकारको विषय भएकाले संघीय सरकारको निर्णय कुर्नुपर्ने हुन्छ । त्यसका लागि पालिकाले सरकारलाई भन्ने काम मात्र गर्न सक्ने अध्यक्ष गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width