नागरिक समाजको स्थापना दिवसमा चौतारी सफाइ

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७८
242138270_1941467569360289_7423111833065816434_n

पोखरा, ३ असोज । नागरिक समाज कास्कीले आफ्नो ११ औं स्थापना दिवस अवसरमा चौतारी संरक्षण अभियानअन्तर्गत चौतारी सरसफाइ गरेको छ ।

नागरिक समाजले पोखराको राष्ट्र बैंक चोकदेखि रत्नचोकसम्मका १४ वटा चौतारी एवं उक्त क्षेत्रमा सरसफाइ गरेको हो । प्लास्टिकजन्य फोहोरमैला उठाउनुका साथै चौतारी र त्यस वरिपरिका झाडी तथा लेउ सफाइ गरेको वातावरण संरक्षणका लागि महाअभियान कास्की (साविक पोखरा उपत्यका बृहत् सफाइ अभियान) का संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल, जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षेत्री, डिभिजन वन अधिकृत केदार बराल र पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले शुभकामना मन्तव्य दिँदै वृक्षरोपणमा समेत सरिक भएका थिए ।

कार्यक्रममा राष्ट्र बैंकमार्ग टोल विकास संस्था, माछापुच्छे« महिला क्लब, ड्यामसाइड टोल विकास संस्था लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको नागरिक समाज कास्कीका प्रवक्ता एवं कार्यक्रम संयोजक गोकुलबहादुर कार्कीले जानकारी दिए । नागरिक समाजले संविधान दिवसकै सन्दर्भमा २०७३ सालदेखि विविध रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width