सयपत्री सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७८
sayapatri sahakari~2

पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार भएको छ । गत भदौ २४ देखि २७ सम्म भर्र्चुअल माध्यमबाट भएको छलफल शनिबार सभा गर्दै समापन भएको हो ।
कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार उदयबहादुर पराजुलीले सयपत्री सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वमा फड्को मारेको बताए । उनले उत्कृष्ट सहकारीमा नाम लेखाउन सफल सयपत्री सहकारीले नियमनकारी निकायको ऐन, मूल्यमान्यतालाई ध्यानसमेत दिएको बताए ।
संस्थाका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा भएको साधारणसभा सचिव कृष्णप्रसाद आचार्यले सञ्चालन गरेका थिए । उपाध्यक्ष भीमप्रसाद न्यौपानेले स्वागत र सदस्य प्रमिला श्रेष्ठको ७ सिद्धान्त वाचन गरेका थिए ।
संस्थाका पूर्व अध्यक्ष विश्वराज बास्तोलाले कोभिड महामारीबीच पनि राम्रो प्रगति गर्न सफल भएको उल्लेख गरे ।
यस्तै, वर्ष उत्कृष्ट कर्मचारीमा वरिष्ठ सहायक राजेन्द्रप्रसाद बास्तोला र बजार सहायक बेलु भट्टराई सम्मानित गरिएको व्यवस्थापक विकास सुवेदीले जानकारी दिए ।
संस्थाका कानुनी सल्लाहकार रोहितराज बास्तोला गण्डकी प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता र सल्लाहकार विश्वमोहन अधिकारी युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी निर्देशकमा नियुक्त भएकोमा बधाई साथ सम्मान गरिएको थियो ।
सभामा संस्थाका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले चालु आवमा १२ करोड ९५ लाख सेयर पुँजी, १ अर्ब ४० करोड निक्षेप, १ अर्ब ३२ करोड कर्जा लगानी रहेको जानकारी दिए । यस्तै, सहकारीका अध्यक्ष रवीन्द्रनाथ बास्तोला, सचिव कृष्णप्रसाद आचार्य, कोषाध्यक्ष धर्मप्रसाद बास्तोला, लेखा समिति संयोजक नारायणप्रसाद बास्तोलाले प्रस्तुत गरेको आव २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
सहकारी अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले संस्थाको हितमा लाग्ने, भावी दिनमा उच्चतम प्रविधि प्रयोग गर्ने, सदस्यको स्वास्थ्य बिमा गर्ने, सञ्चालक तथा कर्मचारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी तालिम दिने, उत्पादन तथा कृषि क्षेत्रमा कर्जा प्रवाह गर्ने धारणा राखेका थिए । सहकारीले निशुल्क वितरण गरेको डेबिट कार्ड प्रयोग गर्न र मोबाइल बैंकिङ सेवा उपयोग गर्न अनुरोध समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width