कान्तिपुर डेन्टलको दसैं तिहार अफर

आदर्श समाज सम्वाददाता
असाेज २, २०७८

पोखरा । गण्डकी प्रदेशकै पहिलो डेन्टल हस्पिटल कान्तिपुर डेन्टल हस्पिटलले दसैं तिहारको अवसरमा विशेष अफर घोषणा गरेको छ । ‘महान् पर्वमा महान अवसर’ को घोषणा गर्दै कान्तिपुर डेन्टल हस्पिटलले विभिन्न उपचारमा विशेष छुट कार्यक्रम ल्याएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतीकमान श्रेष्ठले बताए ।
विगत २ दशकदेखि मुख तथा दन्त स्वास्थ्य सेवामा आफ्नो छुट्टै पहिचान बनाएको कान्तिपुर डेन्टल हस्पिटलले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मको लागि २ महिनाका लागि अफर दिएको हो । जसअन्तर्गत दाँत सफा गर्ने उपचारमा १५ सयको सेवा लाई १ हजार छुट गरी ५ सय, मुखको ठूलो एक्सरे साढे ८ सय, नमिलेका खप्टिएका र छिद्र दाँतलाई तार बाँधेर मिलाउने उपचारमा एकमुष्ट ५ हजार छुट दिने जनाएको छ ।
यस्तै नाम दर्ता, चिकित्सक परामर्श, दाँत सफा गर्ने, मुखको एक्सरे गर्ने कम्बो प्याकेज सेवा २८५० मा १२ सय छुट गरेर साढे १६ मा सेवा दिने घोषणा गरेको छ । नयाँ तथा पुराना दुवै सेवाग्राहीले यो सेवाबाट लाभ लिन सकिने हस्पिटलले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width