उत्तमचोकमा द बारबार क्लब

आदर्श समाज सम्वाददाता
असाेज २, २०७८
barbar~

पोखरा । पोखरा १० उत्तमचोकमा द बारबार क्लब सञ्चालनमा आएको छ । समयानुकूल हेयर कटिङ र डिजाइनका लागि पोखराको उत्तमचोकमा द बारबार क्लब सञ्चालन गरिएको क्लबका अध्यक्ष शम्भुराज कार्कीले बताए । असोज १ बाट सुरु भएको क्लबको ग्रान्ड ओपनिङ असोज २१ गतेसम्म चल्ने जनाइएको छ ।
सौन्दर्यका लागि व्यक्तिका अनुरुप डिजाइनमा कपाल काट्ने, कलर गर्ने, कान छेड्ने, फेसियल गर्ने लगायत सेवा क्लबले दिने बताइएको छ । उत्तमचोकमा २० लाखभन्दा बढी रकम खर्च गरेर अत्याधुनिक सुविधासहितको बारबार क्लब खोलिएको उनले बताए । क्लबमा विवाहका अवसरमा दुलाहा तथा दुलही शृंगार, कपाल रंग्याउने, मेनिकेयर, पेडिकेयर लगायत काम हुनेछन् । कार्कीले यसअघि नै यशोधा फर्निचर उद्योग तथा मेटल सञ्चालनमा ल्याएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width