भवानी आमा समूहमा समीक्षा

आदर्श समाज संवाददाता
भाद्र ३०, २०७८
Bhawani aama samuha

पोखरा । पोखरा ८ कुँवरटोलस्थित भवानी आमा समूहको दशौं साधारणसभा तथा छैटौं अधिवेशन बुधबार भएको छ । पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले सभा उद्घाटन गरेका थिए । सभाले समीक्षा कुँवरलाई अध्यक्ष चयन गरेको छ । नयाँ समितिमा निवर्तमान अध्यक्ष सीता कुँवर, प्रथम उपाध्यक्ष मधु कुँवर, उपाध्यक्ष इन्दिरा गौतम, सचिव सपना कुँवर, कोषाध्यक्ष विबा कुँवर, सहसचिव शिला कुँवर रहेका छन् । सदस्यहरु निर्मला बस्नेत थापा, विद्या मुल्मी, राममाया कुँवर, लक्ष्मी कुँवर, पवित्रा कुँवर, कमला कुँवर, सिर्जना कुँवर छन् ।
भवानी आमा समूहका अध्यक्ष सीता कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा कुँवर समाज समितिका अध्यक्ष ध्रुव कुँवर, कुँवर समाजका वरिष्ठ सल्लाहकार जवाहरलाल कुँवर खाँड, वडा सदस्य कृष्णमान ठुसाजु, कुँवर मिलन बाल मञ्चका अध्यक्ष मञ्जु कुँवर, कुँवर समाजका कोषाध्यक्ष शम्भु कुँवर, भवानी आमा समूहका पूर्व अध्यक्ष श्रीमाया कुँवर लगायतले बोलेका थिए ।
कार्यक्रममा सक्रिय सदस्य पुरस्कार लक्ष्मी कुँवरले प्राप्त गरिन् । विभिन्न कार्यक्रमको संयोजन गरेका सपना कुँवर र समीक्षा कुँवरलाई सम्मान गरिएको छ । समूहका उपाध्यक्ष समीक्षा कुँवरले स्वागत र सचिव लक्ष्मी इन्दिरा गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width