पोखरा । रोटरी क्लबअफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई १ थान अक्सिजन प्लान्ट उपलब्ध गराएको छ । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस एवं आश्रममा आश्रित ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै रोटरी क्लबले अमेरिकामा निर्मित प्रतिघन्टा १० लिटर अक्सिजन उत्पादन गर्ने क्षमताको मेसिन उपलब्ध गराएको हो ।
पोखरा वृद्धाश्रममा आयोजित कार्यक्रमबीच रोटरी क्लब अफ पोखराका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीलाई उक्त प्लान्ट हस्तान्तरण गरे ।
कार्यक्रममा अध्यक्ष कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको रोटरीले यसअघि कास्कीका पोखरा १७ नगर स्वास्थ्य चौकी, डेभिजफल युवा क्लब, भलाम, निर्मलपोखरी, भरतपोखरीलगायत र मुस्ताङ जिल्लामा समेत अक्सिजन प्लान्टसहित आवश्यकताअनुसार अक्सिजन सिलिन्डरसमेत वितरण गरेको जानकारी दिए ।
उनले भने, क्लबको आर्थिक सहयोगमा पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा मुटुरोग उपचारको लागि आवश्यक क्याथ ल्याब स्थापना गरी सञ्चालनको तयारीमा रहेको छ । जसको लागत ८ करोड रुपैयाँ रहेको छ ।
महिलाहरुको सहभागितामा १० लाख माक्स उत्पादन गरी कास्की जिल्लाका विद्यालयलाई निशुल्क वितरण गर्ने लक्ष्यका साथ काम अघि बढेको बताए । क्लबले विभिन्न दुर्घटनामा हात गुमाएका लगभग २सय जनालाई उपलबध गराउने तयारी गरिएको छ ।
क्लबले स्तन क्यान्सरका बिरामीको उपचारमा समेत सहयोग गर्ने अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले समाजका असहाय, विपन्न एवं परिवारबाट अपहेलित ५५ जना आश्रित रहेको जानकारी दिँदै अक्सिजन प्लान्ट उपलब्ध भएसँगै ज्येष्ठ नागरिकलाई उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । वृद्धाश्रममा आश्रित बुबाआमालाई समयमै विश्वव्यापी रुपमा फैलिएको कोभिडविरुद्धको खोज लगाउनु र सामाजिक सुरक्षा मापण्ड अपनाइएको कारण संक्रमणबाट बचाउन सकिएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा १७ इकाइ सभापति देवराज आचार्य, पुण्डरी बराल, माधव बराल, सञ्चारकर्मी हरि बास्तोला, समाजसेवी श्यामप्रसाद शर्मा लगायतले अक्सिजन प्लान्ट स्थापना गर्नाले ज्येष्ठ नागरिक स्वास्थ्य रक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१