पर्वत । निजामती सेवा दिवश २०७८ को अवसरमा पर्वतमा आयोजित निबन्ध प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार बितरण गरिएको छ । व्यवसायीक तथा सृजनशिल प्रसासन–बिकास समृद्धि सुसासन बिषयक निबन्ध लेख्न प्रतियोगितामा कुस्मा नगरपालिकाको स्थानीय प्रसासन सेवामा कार्यरत्त सिर्जना शर्मा प्रथम,चेत कुमारी शर्मा द्धितिय र सुनिता अधिकारी तृतिय हुन सफल भए । बिजेता तीनै जनालाई आज निजामती सेवा दिवशको अवसरमा नगद र प्रमाण पत्रले पुरस्कृत गरिएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा कुस्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुमानसिहं गुरुङले समय सापेक्षित बिषयलाई निबन्ध माफर्त उजार्गर गर्न खोजेको बताउँदै सरकारी सेवामा रहेका कर्मचारी इमान्दार,कर्तव्यनिष्ठ,कामप्रति बफदार हुनु अुनरोध गरे । उनले निजामति कर्मचारी राज्यका संवाहक रहेको भन्दै सवैलाई यसै अवसरमा शुभकामना दिए । निजामती सेवा दिवशको अवसरमा कुस्मा नगरपालिका,लायन्स क्लव र निजामती सेवाका कर्मचारीहरुको समन्वयमा बृक्षरोपण कार्यक्रम गरेको समेत बताए । कार्यक्रमको संचालन कुस्मा नगरपालिकाका सुचना अधिकारी ध्रवराज पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१