पोखरा । कोरोना भाइरसको संक्रमण शनिबार १ हजार २ सय ६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घण्टामा ९ हजार ८ सय ७५ मा परीक्षण उक्त संख्यामा संक्रमण देखिएको हो । शुक्रबार १ हजार ७ सय ५६ जनामा संक्रमण देखिएको हो । सक्रिय संक्रमित ३१ हजार ८ सय २६ जना छन् ।
यसैबीच, संक्रमणबाट निको भई शनिबार २ हजार १ सय ९५ जना घर फर्किएका छन् । अहिलेसम्म ७ लाख २५ हजार ६ सय ५१ व्यक्ति निको भई घर फर्किएका हुन् । शुक्रबारको तुलनामा निको हुने दर शनिबार पनि बढेको छ । शनिबार निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार ३ दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।
यता, संक्रमणबाट निधन हुनेको संख्या २४ घण्टामा घटेको पाइएको छ । संक्रमणबाट शनिबार ९ जनाको ज्यान गएको छ । यो संख्या यस महिनाकै कम हो । शुक्रबार २३ जनाको संक्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८ सय १८ जनाको संक्रमणबाट ज्यान गएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१