पोखरा । महिलालाई ललाईफकाई यौनधन्दामा संलग्न गराएको अभियोगमा पोखराबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तारेकश्वर गाउँपालिका ४ घर भइ हाल पोखरा ६, खहरेचोक बस्ने २७ वर्षीय विशाल भन्ने विष्णु श्रेष्ठ हुन् ।
खहरेचोकमा होटल लिटिल ह्यावेन सञ्चालन गर्दै आएका उनले महिलालाई डरत्रास तथा प्रलोभनमा पारी जबर्जस्ती यौन शोषण कार्यक्रममा लगाउने गरेको सूचना आधारमा कास्की प्रहरीलाई उनलाई मंगलबार बिहान पक्राउ गर्न सफल भएको हो । निजविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट ३ दिनको म्याद थपी अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ ।
यसैबीच, जुवातास खेल्नेमाथि कास्की प्रहरीले पछिल्लो समय निगरानी बढाएको छ । प्रहरीले सोमबार पोखरा १५ का लालप्रसाद गुरुङको डेराकोठामा जुवा खेलिरहेका ७ जनालाई ८४ हजार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार घर भै पोखरा बस्ने ५१ वर्षीय लालप्रसाद गुरुङ, ४७ वर्षीय विकास गुरुङ, ३६ वर्षीय मनोज गुरुङ, आँधीखोलाका ३७ वर्षीय सुशील रानाभाट, २८ वर्षीय कल्याण पौडेल, वालिङका २४ वर्षीय मनोज गुरुङ र तनहुँ शुक्लागण्डकीका ३७ वर्षीय प्रकाश गुरुङ हुन् ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१