लेखनाथ । लेखनाथ जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधि लेखनाथ पत्रकार मञ्चले हात पारेको छ ।
शनिबार आयोजक संस्था लेखनाथ जेसिज र लेखनाथ पत्रकार मञ्चबीच भएको प्रतियोगिताको निर्धारित समयमा ५–५ गोलको बराबरी भएपछि थप गरिएको ५ मिनेटको इञ्जुरी समयमा पत्रकार मञ्चले थप १ गोल अग्रता कायम गरेपछि पत्रकार मञ्च ट्रफी हात पार्न सफल भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै लेखनाथ जेसिजका संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेलले खेलकुद मानिसको स्वास्थ्यको लागि लाभदायक भएको बताउँदै यसले आपसी भाइचारामा पनि वृद्धि गर्ने जनाए ।
कार्यक्रममा लेखनाथ जेसिजका पूर्व अध्यक्ष अर्जुन ओझा, लेखनाथ पत्रकार मञ्चका निवर्तमान अध्यक्ष भिमपाणि बराल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
क्लब अध्यक्ष नवराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक सञ्जिव न्यौपानेले स्वागत, सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगाना र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष चिरञ्जीवी न्यौपानेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
यु–१४ फुटबल प्रशिक्षण
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
वागमतीलाई बहिरा महिला फुटबल उपाधि
आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन
आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१