रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार घोषणा

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७८
ram lal prize~

पोखरा फोटोग्राफर संघद्वारा सञ्चालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुँका फोटोग्राफर कुमारमोहन श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

१८२ औं विश्व फोटोग्राफी दिवस अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहीबार पुरस्कार घोषणा गरेको हो ।

गण्डकी प्रदेशभरबाट प्राप्त सिफारिस आधारमा ११ जिल्लामध्येबाट श्रेष्ठ छनोटमा परेको जानकारी पुरस्कार छनोट समिति संयोजक राममणि पौडेलले दिए । पुरस्कार राशि २५ हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ ।

पोखराका फोटोग्राफर गणेश छवि÷तीर्थ श्रेष्ठले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष राखी स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिंदैआएको छ । फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई सो पुरस्कार प्रदान गरिन्छ । यसअघि फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजु, रमा राना र मदन सुब्वा सम्मान भइसकेका छन् ।

पोखरा फोटोग्राफर संघ अध्यक्ष जनक तिवारीका अनुसार उक्त पुरस्कारबाट आगामी साधारण सभामा श्रेष्ठलाई प्रदान गरिने छ । ५० वर्षदेखि फोटोग्राफी पेसामा निरन्तर लागिरहेका उनी हाल सम्झना फोटो दमौली सञ्चालन गरिरहेका छन् । लामो इतिहास बोकेका फोटोग्राफरलाई पुरस्कृत गर्न पाउँदा फोटोग्राफरको शिर उँचो भएको छनौट समिति सदस्य दुर्गाप्रसाद पौडेलले बताए ।

संस्थाका सचिव विशु बरालले सञ्चालन गरेको कार्यक्रममा नारायणहरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा महिला समिति संयोजक शान्ति सुवेदी, आजीवन सदस्य भक्त तामाङ, पूर्व अध्यक्ष तुलसीराम सुवेदी, पूर्व अध्यक्ष रामजी थापा, निवर्तमान अध्यक्ष रविनाथ दाहाल, संरक्षक गणेश छविलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको  नियुक्तिविरुद् परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल…
  • गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले सोमबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणलगत्रै…
  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारबाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार…
  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…

hero news full width