विद्यार्थीलाई लागुपदार्थविरुद्ध सचेतना

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७८
comunity police

पोखरा । हिलसाइड सेकेन्डरी बोर्डिङ स्कुल मालेपाटनका ७५ जना विद्यार्थीलाई लागुपदार्थविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गरिरहेको अवसर सदुपयोग गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाको प्रहरी विद्यालय सम्पर्क कार्ययोजना कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा प्रशिक्षण गरिएको हो ।
बिहान सबा ११ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको अनलाइन प्रशिक्षण प्रहरी नायब निरीक्षक होतबहादुर रोकाहाले विद्यार्थीलाई लागुपदार्थको परिचय, असर, कानुनी सजाय र बच्ने उपायबारे प्रशिक्षण दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width