पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालालाई प्रेस युनियन कास्कीले बधाई तथा शुभकामना दिएको छ ।
नेपाल प्रेस युनियन केन्द्रीय पार्षद् कोइरालालाई मंगलबार युनियनले शुभकामना दिएको हो । युनियन कास्की अध्यक्ष नवीन सिग्देलले कोइराला प्रेस संयोजक हुँदा प्रेस युनियनको आकर्षण र उचाइ बढेको बताए । प्रदेशको मन्त्री र मन्त्रालयसँग नजिक रहने हुँदा युनियनको विकासमा सहकार्य गर्दै अगाडि बढ्ने अपेक्षा गर्दै केही समस्या परेमा प्रेस युनियन सहकार्य गर्न तयार रहेको बताए ।
प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले सरकारलाई सही भूमिकामा पुर्याउन प्रेसको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । पत्रकारका हकहित र पारिश्रमिकको विषयमा लाग्न पनि उनको आग्रह थियो ।
प्रेस संयोजक कोइरालाले अपेक्षा धेरै भए पनि सहकार्य गर्दै समस्या समाधान गर्दै जाने बताए । आफूले जानेका सीप, दक्षता र क्षमता आधारमा प्रदेश सरकारको काम गर्दै जाने प्रतिबद्धता जनाए । सबैको अपेक्षा अनुसार प्रदेश सरकारको बजेट नभएका कारण पनि सबै अपेक्षा पूरा गर्न नसक्ने कुराको इंगित गर्दै सकेसम्म सल्लाहमा काम गर्ने बताए । आफूप्रति गरेको विश्वास चुक्न नदिने उनले प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकार रवीन्द्र बास्तोला, गंगाधर पराजुली, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्की पूर्व अध्यक्ष हेमराज बराल लगायतले सफल कार्यकालको शुभकामना दिए ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१