Worldlink ads

भूमि अधिकार मञ्चको विरोध

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७८
pokhara sukumbasi vumihin

पोखरा  । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेकोमा राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीले विरोध गरेको छ । स्थानीय तहमार्फत भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको लगत संकलनदेखि जग्गा नापजाँचको काम समेत भइरहेको अवस्थामा आयोग खारेज गर्नु गलत भएको मञ्चले बताएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ बैशाखमा देवी ज्ञवालीको नेतृत्वमा आयोग गठन गरेको थियो ।
मञ्च जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई शुक्रबार ज्ञापनपत्र बुझाए । मञ्चले अहिले भइरहेको कामलाई निरन्तरता दिने सुनिश्चित नगरी आयोग विघटन गर्नु उचित नहुने जनाएको छ ।
‘प्रधानमन्त्रीले साउन ३ गते विश्वासको मत प्राप्त भएको समाचारसँगै सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेको समाचार आएपछि हामीलाई निकै दुःखी बनाएको छ,’ ज्ञापनपत्रमा भनिएको छ । आयोग खारेज गर्न खोजिएपछि पुस्तौंदेखि भूमि समस्या भोगिरहेका भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र वर्षाैदेखि भोगचलनमा रहेको जग्गा आफ्नो भन्न नपाएका अव्यवस्थित बसोबासीको आशा र अपेक्षा निराशामा बदलिएको मञ्चको भनाइ छ । स्थानीय तहमार्फत लगत संकलनदेखि जग्गा नापजाँच कामसमेत भइरहेको अवस्थामा आयोग खारेज गर्नुले १७ लाख भूमि अधिकारबाट वञ्चितप्रति सरकारले विभेद गरेको महसुस भएको सो विज्ञप्तिमा जनाइएको छ ।
‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नैपर्ने समस्या हो । देशभर लगत संकलनको कार्य अन्तिम अवस्थामा पुगेको र नापनक्सा कार्य भइ कामले गति लिइरहेको अवस्थामा सो कार्यले निरन्तरता पाउने सुनिश्चितता नगरी आयोग विघटन गर्नु उचित नहुने व्यहोरा अवगत गराउँदै हाल भइरहेको कामलाई असर नपर्ने गरी निर्णय लिनु हुनेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • नागरिक समाजको स्थापना दिवसमा चौतारी सफाइ

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      पोखरा, ३ असोज । नागरिक समाज कास्कीले आफ्नो ११ औं स्थापना दिवस अवसरमा चौतारी संरक्षण अभियानअन्तर्गत चौतारी सरसफाइ गरेको छ…
    • सयपत्री सहकारीको साधारणसभा

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार भएको छ । गत भदौ २४ देखि २७…
    • पोखरा बचत सहकारीमा नयाँ सञ्चालक समिति

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्था, नयाँबजारको २२ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले पुनः इ.सुरेन्द्रबहादुर गोदारको अध्यक्षतामा…
    • उपाय सिटी कार्गोको सेवा पोखरामा

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट (सीप)को साझेदारीमा पोखरामा सेवा सुरु गरेको छ । पोखरामा ९ महिना…
    • ‘मातृशिशु मितेरी अस्पताललको सेवा उल्लेखनीय’

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका उल्लेखनीय…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads