पोखरा। गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् । तिम्सिनाको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ ।
नवनियुक्त सदस्य तिम्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले पद तथा गोपनीयताको सपथ गराए । उक्त अवसरमा मन्त्रीहरु कुमार खड्का, हरिशरण आचार्य, प्रदेश सभा सदस्य ओमकला मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी थिए ।
सपथपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि अनुभव प्रयोग गर्न आग्रह गरे । संघ तथा प्रदेशका पञ्चवर्षीय योजना कार्यान्वयन, दीगो विकासका लक्ष्य प्राप्तिका साथै रोजगारी सिर्जना हुने गरी आयोगले काम गर्नुपर्ने उनको भनाइ थियो ।
पोखरा–३३, भोटेपोखरीकी तिम्सिनाले अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी छन् । जनसांख्यिक अर्थशास्त्र, कृषि, खाद्य सुरक्षा, सार्वजनिक खर्च प्रणाली, वित्तीय संघीयता, रोजगारी र आम्दानीको वितरण लगायत विषयको अनुसन्धानमा उनको विशेष रुचि छ ।
उनीसँग त्रिभुवन विश्वविद्यालय मातहतको रत्नज्योति कलेज, काठमाडौंमा अध्यापन गरेको अनुभव छ । सपथपछि उनले प्रदेश सरकारको गरिमा थप उँचो पार्ने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । पोखरेल सरकारले यसअघि उपाध्यक्ष र सदस्यमा क्रमशः डा. रघुराज काफ्ले र डा. सुवास अधिकारी नियुक्त भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१