साझा पार्टी बन्दीपुर समिति

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
sajha party bandipur

दमौली  । विवेकशील साझा पार्टीले तनहुँको बन्दीपुरमा समिति घोषणा गरेको छ । बुधबार आयोजित भेलाले लक्ष्मण श्रेष्ठ संयोजक र रीस्ता श्रेष्ठ सहसंयोजक रहेको समिति घोषणा गरेको हो । समिति १२ सदस्यीय छ ।
भेलामा पार्टीका केन्द्रीय सदस्य एवं उद्यमशील विभाग प्रमुख आशुतोष प्रधानले वर्तमान राजनीतिक पार्टीबाट देश विकास सम्भव नरहेकाले विवेकशील साझा वैकल्पिक शक्तिको रुपमा उदाउने बताए ।
कार्यक्रममा पार्टीका गण्डकी प्रदेश उपसंयोजक जमुना शर्मा, केन्द्रीय सदस्य रजनी केसी, श्रीकृष्ण श्रेष्ठ, गण्डकी प्रदेशका अभियान विभाग प्रमुख अशोक खड्का, कास्की जिल्ला संयोजक फणीन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य दिएको जिल्ला संयोजक सागर घिमिरेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width