सिद्धार्थ क्लबको सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७८
Siddhartha club anniversary

पोखरा । सिद्धार्थ क्लब पोखराले ३७ औं वार्षिकोत्सव अवसरमा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ ।
क्लबले बाल शैक्षिक कार्यक्रमअन्तर्गत १४ सरकारी तथा सामुदायिक विद्यालयका ३५ छात्रछात्रालाई कापी, कलम लगायत स्टेसनरी सामग्री, चामल, दाल, मस्यौरा, नुन, तेल, चना, चिउरा वितरण गरेको हो ।
क्लब परिसर सिद्धार्थचोकमा भएको कार्यक्रममा क्लब अध्यक्ष पार्वती माकाजूले कार्यक्रमले विद्यार्थीको पठनपाठन तथा दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास व्यक्त गरिन् । कार्यक्रम सञ्चालन सिद्धार्थ क्लब सचिव इन्दिरा मर्सानी श्रेष्ठले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै