होन्डा ग्राजियाको बिएसभीआई मोडल

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७८
GRAZIA Scooter Photo

पोखरा  । पोखराका लागि होन्डाको आधिकारिक बिक्रेता कुँवर ब्रदर्स एन्ड सन्स प्रालिले सोमबारदेखि होन्डा ग्राजियाको बिएसभीआई मोडल लन्च गरेको छ ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसियसन पूर्व अध्यक्ष तथा कुँवर ब्रदर्सका अध्यक्ष चन्द्रबहादुर कुँवरले पहिलो ग्राहक सिन्धु पोखरेललाई चाबी हस्तान्तरण गर्दै बिक्री सुरुवात गरेका हुन् । अध्यक्ष कुँवरले ग्राहकको सेवा सुविधालाई ध्यानमा दिएर काम गर्ने बताए । ग्राहकको सुविधाका लागि फ्रि सर्भिस क्याम्प सञ्चालन गरिरहेको कुँवर ब्रदर्सले कोरोना प्रभाव कम हुन थालेसँगै हप्ता हप्तामा सुरु गर्ने बताए । १२५ सिसिको नयाँ मोडल बिएसभीआई मोडलमा व्यावहारिक फिचर थप गरी पूर्ण रुपमा रि–डिफाइन गरिएको छ । आकर्षक र स्टाइलिस लुक रहेको स्कुटरमा १ सय ५५ देखि १ सय ७१ एमएमसम्मको ग्राउण्ड क्लेरेन्स छ । स्कुटरमा स्पिडोमिटरमा माइलेज फिचर रहेको छ । जुन फिचरबाट रियल टाइम माइलेज, एभरेज माइलेजका साथमा कति किमीसम्म गुड्न सक्छ भनेर हेर्न सकिने कम्पनी म्यानेजर विष्णुप्रसाद दाहालले जानकारी दिए ।
स्कुटरमा होन्डाको पिजिएम–एफआई टेक्नोलोजी प्रयोग गरिएको कारण माइलेज बढी दिने दाहालले बताए । स्कुटरमा साइड स्ट्यान्ड इन्जिन अफ फिचर, साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीका साथ एचइटी इन्जिनको सुविधा छ । नेपाली बजारमा होन्डा ग्राजियाका २ मोडलका स्कुटर उपलब्ध छन् । तीमध्ये होन्डा ग्राजिया बिएसभीआई डिआरएस मोडलको मूल्य २ लाख ६९ हजार ९ सय र डिएसएस मोडलको २ लाख ८९ हजार ९ सय तोकिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल

    आदर्श समाज सम्वाददाता पौष १२, २०८०
    पोखरा । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री श्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा…
  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…

hero news full width