लायन्स पोखरा हिमालयनको वृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७८
lions

पोखरा । लायन्स क्लब अफ पोखरा हिमालयनले लायन वर्ष २०२१/०२२ को पहिलो कार्यक्रमरुपमा वृक्षरोपण गरेको छ ।
पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान परिसरमा क्लबले ४० वटा बिरुवा रोपेको हो । क्लब पूर्व अध्यक्ष देवीप्रसाद गुरुङको संयोजकत्वमा भएको उक्त कार्यक्रममा रिजन चेयर पर्सन दीपेन्द्रप्रताप चन्द, चेयर पर्सन चन्द्रा शर्मा, पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, क्लबका संस्थापक अध्यक्ष दिनेशशंकर पालिखेले शुभकामना मन्तव्य दिएका थिए ।
क्लब अध्यक्ष लक्ष्मीप्रसाद द्वाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णुमान कायस्थले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width