पोखरा । लायन्स क्लब अफ लेखनाथ गार्डेनसिटीले पोखरा ३२ मा रहेको राधाकृष्ण वृद्धाश्रमलाई फर्निचर सहयोग गरेको छ । क्लबको वार्षिक कार्यक्रमअन्र्तगत आश्रमका ज्येष्ठ नागरिकका लागि २ थान टेबल र ८ थान कुर्ची सहयोग गरेको हो ।
फर्निचर हस्तान्तर कार्यक्रममा लायन्स ३२५ बि १ अन्तर्गत लायन्स लिडरसिप एकेडेमीका प्रमुख सुचित्रा थापाले फर्निचर सहयोगले ज्येष्ठ नागरिकलाई सहज हुने बताइन् । विभिन्न परिस्थितिका कारण घरपरिवारसँग टाढा रहेका ज्येष्ठ नागरिक संस्कार र संस्कृतिका खानी भएको उल्लेख गर्दै उनीहरुसँग भएका ज्ञानलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा थापाले जोड दिइन् ।
क्लबका अध्यक्ष राजनकल्याण बड्गामीको अध्यक्षतमा भएको कार्यक्रममा सिनियर एओजी एवं क्लबका पूर्व अध्यक्ष नवराज सापकोटा, क्लस्टर प्रमुख मधुसुधन कोइराला, जोन चियरपर्सन हरिप्रसाद बस्ताकोटी, आश्रमका अध्यक्ष प्रेमकुमार लिगल, क्लबका प्रथम उपाध्यक्ष इञ्जिनियर रविचन्द्र घिमिरे र सचिव विश्वमणि अधिकारीलगायतले बोलेका थिए ।
फर्निचर हस्तान्तरणपछि क्लबले आश्रम परिश्रममा विगतका वर्षमा रोपेका फलफूलका बिरुवाहरुको गोडेमेल तथा नयाँ बिरुवासमेत रोपिएको थियो । सोही कार्यक्रममा क्लबका अध्यक्ष राजन कल्याण बड्गामीले जन्मदिनको अवसर पारेर राधाकृष्ण संस्कृत गुरुकूलका बटुकलाई स्टेसनरी हस्तान्तरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१