पोखरा । पोखराको पृथ्वीचोकस्थित तिब्बतीयन शरणार्थी क्याम्प व्यापारिक एसोसिएसनको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३६ युनिट रगत संकलन भयो ।
सो अवसरमा संस्थातर्फबाट अशक्त तथा असहाय व्यक्तिका लागि लक्षित गरी ब्लड व्यागमा लाग्ने परीक्षण शुल्क निशुल्क उपलब्ध गराउन सहयोग पुगोस् भनी २१ हजार नेपाल रेडक्रस सोसाइटीलाई हन्तान्तरण गरिएको थियो ।
कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले व्यापारिक एसोसिएसनले प्रत्येक वर्ष रक्तदान कार्यक्रमलाई महत्व दिएको कार्यको प्रशंसा गरे । उनले अशक्त र असहायका लागि ब्लड व्याग र परीक्षण शुल्क निशुल्क उपलब्ध गराउने उद्देश्यका लागि रकम हस्तान्तरण गरेको कार्यले संस्थालाई पनि यो उदारणीय कार्य बन्ने विश्वास व्यक्त गरे ।
यस्तै, आकस्मिक रक्तदान युनिट पोखराका उप–व्यवस्थापक नेत्र ढकाल, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष विपीन अधिकारी, नेवाः खल कचा पृथ्वीचोकका अध्यक्ष केदारप्रसाद श्रेष्ठ, मिसा पुचः पृथ्वीचोकका अध्यक्ष प्रमिला जिसी सल्लाहकार मिलालाल श्रेष्ठ लगायतले बोलेका थिए ।
व्यापारिक एसोसिएएन अध्यक्ष रेशमबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हेमराज बराल, सञ्चालन सचिव कमला पोखरेल र धन्यवाद ज्ञापन सल्लाहकार सुरेन्द्रप्रसाद श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१