गण्डकीमा संक्रमितको मृत्यु शून्य, ३ सय ७७ निको

आदर्श समाज सम्वाददाता
असार ३०, २०७८
Corona Banner

पोखरा  । गण्डकीमा बिहीबार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रदेशमा कसैको पनि मृत्यु भएको विवरण उल्लेख छैन । लामो समयपछि प्रदेशमा कोरोना संक्रमणको मृत्यु शून्यमा झरेको हो । प्रदेशमा हालसम्म १ हजार ८ जनाको ज्यान गएको छ ।
प्रदेशमा थप ३ सय ७४ जना संक्रमित थपिए । १ हजार १ सय २१ जनाको स्वाब परीक्षणमा ३३.३६ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । कास्कीमा १ सय ८६ सहित नवलपुरमा ४४, गोरखामा ४२, स्याङ्जामा ३८, लमजुङमा २२ र तनहुँमा १७ जना संक्रमित भएका हुन् । यसैगरी बागलुङका १५, म्याग्दीका ६, पर्वतका ३ र मुस्ताङका एक जनामा कोरोना पोजेटिभ देखिएको हो भने मनाङमा संक्रमितको संख्या शून्य रहेको छ ।
योसँगै प्रदेशमा कोरोनाका सक्रिय संक्रमित २ हजार ६ सय २८ पुगेको छ । भने प्रदेशमा थप ३ सय ७७ जनाले कोरोना जितेका छन् । योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ५ सय २३ पुगेको छ ।
नेपालमा २ हजार १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ८ पिसिआर परीक्षणमा बुधबार थप २ हजार १० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९ सय १६ परीक्षणबाट ८ सय ९५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार २४ परीक्षणमा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा थप १ हजार ६ सय ६ जना संक्रमणमुक्त भए । कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width