प्रतिपक्षी बाहिरिएपनि गण्डकीको बजेट बहुमतले पारित

आदर्श समाज सम्वाददाता
असार ३०, २०७८
Budget

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशति बनेका थिए । मार्सल लगाएर विनियोजन विधेयक पास गराइएपछि एमाले सांसदहरुले सदन छाडेका थिए ।
विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेश हुँदा नेकपा एमालेका सांसद सदनमा थिएनन् । मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेश गर्नुभएको बजेट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८/७९ विनियोजन विधेयक बहुमतले पास भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width