पोखरा । जनप्रिय बहुमुखी क्याम्पस, पोखराका विद्यार्थीले नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । बिबिए संकायका २ विद्यार्थी नेपालभर प्रथम, २ जना दोस्रो र १ जना तेस्रो हुन सफल भए ।
प्रकाशित नजिता अनुसार बिबिए तेस्रो सेमेस्टरको परीक्षामा अस्मिता रेग्मी र सलोनी बुद्धाचार्यले ३.९९ जिपिए ल्याएर नेपाल टप गरेका हुन् । यस्तै, विधान अधिकारी र नीशा ढकालले ३.९८ जिपिए ल्याएर नेपालभरमै दोस्रो र रूद्रप्रसाद कँडेल ३.९७ जिपिए सहित तेस्रो भए । यसअघि पनि जनप्रियका निञ्जु थापा र सन्ध्या घिमिरेले नेपाल टप हुन सफल भएका थिए ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले २०६० सालमा उपत्यका बाहिर पहिलो पटक बिबिए कार्यक्रम ल्याएर उच्चशिक्षाको विकासमा योगदान दिएको बताउँछन् । जनप्रियले गुणस्तरको कसीलाई कायम राख्दै विद्यार्थी भर्ना छनौटमा निष्पक्षता अपनाउँदा, छानिएका सही विद्यार्थीले आफ्नो क्षमता देखाउँदा नै उत्कृष्ट नजिता ल्याउन सफल भएको दाबी गरे ।
बिबिए तथा बिआइएम कार्यक्रम संयोजक मेखराज पौडेलले प्राध्यापक र विद्यार्थीको मिहिनत, पुस्तकालय, ल्याबको उचित प्रबन्ध, शैक्षिक वातावरणको उपज नै उत्कृष्टता हासिल गर्ने बेञ्चमार्क भएको बताए ।
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तारा गिरीले उत्कृष्ट नजिता हासिल गरेका विद्यार्थीलाई बधाई ज्ञापन गर्दै चालू सेमेस्टरका विद्यार्थीलाई ऊर्जा र उत्साहसहित पढेमा सफलता हात पार्न टाढा जानु पर्दैन भन्ने सन्देश दिए ।
कोभिड–१९ ले लकडाउन सिर्जना गरेपछि क्याम्पसले सबै संकायको पठनपाठन माइक्रोसफ्ट टिम्सबाट भर्चुअलमा सञ्चालन गरेको छ । युजिसीबाट १२ लाख ५० हजार सहयोग लिएर पठनपाठन अनलाइनमार्फत् सञ्चालन गरेको क्याम्पसले भौतिक दूरी कायम गर्दै परीक्षा पनि चलाएको थियो । एमबिए इन हस्पिटालिटी म्यानेजमेन्टको चालू शैक्षिक सत्रका लागि भर्ना लिइरहेको उप प्रशासक एकनारायण अर्यालले जानकारी दिए ।
प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रियले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको क्याम्पसले २ पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१