एमाले एकताका लागि १० बुँदे सहमति, – सहमतिका बुँदासहित

आदर्श समाज सम्वाददाता
असार २८, २०७८
uml ekata

पोखरा । एमाले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ। योसँगै विगत ४ महिनादेखि जारी रहेको एमाले विवाद टुंगिएको कार्यदलका सदस्य नेता भीम रावलले जानकारी दिए।

कार्यदलमा आइतबार राति भएको सहमतिपछि उनले भने, ‘एकताबद्ध भएर सम्पूर्ण समस्या समाधान गर्ने अठोट गरेका छौं।’ आइतबार १३ घण्टासम्म भएको वार्तामा यस्तो सहमति भएको हो।

दसबुँदे सहमति अब नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाइने रावलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width