कर्मशीलद्वारा आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
असार २६, २०७८
help news 25

पोखरा । कर्मशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमबिबिएस अध्ययनरत विद्यार्थीद्वारा सञ्चालित ‘गरिब, असहाय बिरामी कोष’ लाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको लेखा समिति संयोजक प्रा.देवीलाल शर्मा तिमल्सेनाले जानकारी दिए । संस्थाका सञ्चालक सदस्य गोविन्दप्रसाद गौतमको संयोजनमा शुक्रबार आयोजित कार्यक्रमबीच संस्थाका उपाध्यक्ष संगीता गौतम तिमल्सेना र लेखा समिति संयोजक प्रा.देवीलाल शर्माले कोषका सञ्चालकलाई १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width