मनाङमा जडिबुटीसहित २ पक्राउ

आदर्श समाज सम्वाददाता
असार १९, २०७८
jadibuti sahit 2 pakrau

लमजुङ । मनाङमा अवैध जडिबुटीका साथ २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको धार्के गाउँपालिका ५ को गुम्जा गाउँमा स्थायी घर भएका कान्छा भन्ने माइला गुरुङ र सोही गाउँपालिका ७ को लापु गाउँमा घर भएका जितबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको होे । उनीहरुलाई अवैध जडिबुटी (वनलसुन) पक्राउन गरिएको मनाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शम्भु खड्काले बताए । उनका अनुसार उनीहरूले संकलन गरेको वन लसुन माइला गुरुङको डेराबाट बरामद भएको हो । प्रनाउ खड्काले भने, ‘त्यसबारेको सूचना प्राप्त हुनसाथ यस कार्यालयबाट प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको कमान्डमा सीमा प्रहरी चौकी क्युपार मनाङसहितको २० जना प्रहरीको टोली खटिएको थियो ।’ प्रनाउ खड्काका अनुसार प्रहरी टोलीले माईला गुरुङको भान्छा कोठाबाट एपोलो लेखिएको बोरामा २२ केजी ३ सय ग्राम र अर्काे एउटा बोरामा ७ केजी ६ सय १० ग्राम गरी जम्मा २९ केजी ९ सय १० ग्राम आलो माटोसहितको वन लसुन लुकाई राखेको अवस्थामा फेला पारेको हो । उनले भने, ‘ दुवै जनालाई लसुनसहित आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय मनाङमा बुझाइएको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width