कस्तो रह्यो कास्की प्रहरी प्रमुख श्रेष्ठको कार्यकाल ?

आदर्श समाज सम्वाददाता
असार १४, २०७८
SP Photo

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले आफ्नो एकवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । कास्कीबाट सरुवा हुनुअघि उनले आइतबार पत्रकार सम्मेलन गरी एकवर्षे कार्यकालको विवरण सार्वजनिक गरेका हुन् ।
आफ्नो कार्यकालमा १ हजार १० मुद्धा दर्ता भएकोमा ती मुद्धामा १ हजार १ सय १५ जना पक्राउ परेको उनले जनाए । जसमध्ये नेपाली पुरुष १ हजार ५ र महिला ९४ पक्राउ परेका थिए । यसैगरी विदेशी पुरुष १३ र महिला ३ पक्राउ परेका थिए ।
यस्तै, २ सय ७० पुरुष र १४ महिला गरी २ सय ८४ फरार अभियुक्त पक्राउ परेको बताइएको छ । सो अवधिमा कारबाही स्वरुप ७९ लाख ७ हजार ८ सय ७९ राजस्व संकलन गरिएको उनले बताए । श्रेष्ठको कार्यकालमा सबैभन्दा बढी अभद्र व्यवहारका १ सय ६९ मुद्धा दर्ता भएका छन् भने दोस्रोमा लागु औषधका १ सय ३४ छन् ।
एसपी श्रेष्ठका अनुसार जुवातर्फ ३२ मुद्धा दर्ता भएका थिए । जसमध्ये १ सय ८१ जना पुरुष र ३३ जना महिला गरी २ सय १४ व्यक्तिलाई कारबाही गरिएको थियो । उनीहरुको साथबाट २१ लाख ८० हजार रुपैयाँ बरामद गरिएको थियो ।
कोरोना संक्रमणबाट कास्कीमा प्रहरी उपरीक्षकसहित २ सय ४७ जना प्रहरी पीडित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरीमा पहिलो चरणमा २ सय ३७ जना र दोस्रो चरणमा १० जना संक्रमित श्रेष्ठले जानकारी दिए । हाल ३ जना प्रहरी सक्रिय संक्रमित भएको उनले बताए । एसपी श्रेष्ठको कार्यकालमा २५ हजार ७ सय ८० दुईपांग्रे र चारपांग्रे सवारीसाधन कारबाही गरी १ करोड ८२ लाख १९ हजार २ सय जरिवाना संकलन गरिएको एसपी श्रेष्ठले बताए ।
गत २०७७ असार ८ बाट कास्की प्रहरीको कमाण्ड सम्हालेका उनी लागु औषध नियन्त्रण व्युरो काठमाडौं सरुवा भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width