पोखरा । तनहुँका दिग्विजय लामिछाने प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका छन् । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ विषयक प्रतियोगितामा तनहुँ महेश संस्कृति गुरुकुल विद्यालयका कक्षा १० का लामिछाने २ सय २४ प्रतिष्पर्धीलाई उछिन्दै प्रथम भएका हुन् । उनले तिजसँगै १५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोग, प्रदेश खेलकुद परिषद गण्डकी र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त आयोजना, नेपाल ओलम्पिक कमिटीको तत्वाधान, स्पोर्टस् फर अल कमिसन गण्डकी र भूतपूर्व खेलाडी मञ्च नेपालको सहकार्यमा ओलम्पिक डे अवसरमा सो प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा पर्वतको हिमालय मावि कक्षा १० की छात्रा दीपशिखा सुवेदी दोस्रो हुँदै १० हजार प्राप्त गरिन् ।
प्रतियोगितामा नवलपुरको जन माध्यमिक विद्यालय कक्षा ९ का छात्र सुदर्शन ढकाल तेस्रो हुँदै ७ हजार प्राप्त गरे । रत्नज्योति मावि कास्की कक्षा १० की समीक्षा अधिकारी चौथो हुँदै ५ हजार पाइन् ।
गण्डकी बोर्डिङका छात्र आस्तिका बास्तोला, एसओएस हर्मन माइनरकी छात्रा समीक्षा अधिकारी, सत्यवती मावि तनहुँका गौरव सापकोटा, नलवपुर आवासीय माविकी गृष्मा पाठक, फिसटेल एकेडेमी कास्कीकी प्राप्ति लम्साल र भीमसेन आदर्श मावि नलवलपुरका विक्रम गिरी सान्त्वना हुँदै २ हजार साथमा मेडल तथा प्राप्त गरे ।
भर्चुअलमार्फत भएको प्रतियोगितामा राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुद पदक जित्नका लागि मात्रै राष्ट्रिय गौरव बढाउन खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए ।
स्पोर्टस् फर अल कमिसनका चेयरपर्सन विष्णुगोपाल श्रेष्ठले असल नागरिकको उत्पादन र समाजमा शान्तिको सन्देश प्रवाह गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुली, कार्यक्रम संयोजक केशव पाठकले बोलेका थिए । प्रतियोगितामा राखेप सदस्य रिमबहादुर रानाभाट, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना र प्राध्यापक राजेश घिमिरेले निर्णायक थिए ।
Related News
सम्बन्धित समाचार
स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वर्ष खेलाडीको चर्चा
पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१