नेपाल सांस्कृतिक संघद्वारा मुख्यमन्त्रीलाई बधाई

आदर्श समाज सम्वाददाता
असार १२, २०७८
CM Bhetghat Photo 1

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले शुक्रबार भेट गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ चलचित्र निर्देशक तीर्थ थापा नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई भेट गरी बधाईसहित सफल कार्यकालको शुभकामना दिएको छ । भेटमा मुख्यमन्त्री पोखरेलले कला संस्कृति क्षेत्रमा पोख्त व्यक्तिहरु भेट्न आएकोमा खुसी लागेको बताउँदै प्रदेश सरकारले पूर्णता पाउना साथ कला संस्कृतिको क्षेत्रमा काम गर्ने बताए ।

संघका केन्द्रीय अध्यक्ष थापाले प्रदेशको कला संस्कृति भाषा भेषभूषाको संरक्षण गर्नु पनि विकास भएको बताए । यसका लागि प्रज्ञा प्रतिष्ठानमा आवश्यक सुधार र गठन हुन बाँकी रहेको उल्लेख गर्दै गण्डकी प्रदेश चलचित्र विकास बोर्ड गठन गर्न उनले सुझाए ।

गण्डकी प्रदेश कला संस्कृतिको धनी प्रदेश भएकोले प्रदेशको सम्पत्तिलाई पर्यटनसँग जोडेर पर्यटन र संस्कृति विकासलाई अगाडि बढाउनको उनले आग्रह गरेका थिए । कार्यक्रममा बिना विभागीय मन्त्री कुमार खड़्कालाई पनि संघले सम्मान तथा बधाई ज्ञापन गरेको थियो । कार्यक्रममा मन्त्री खड्Þकाले संघले उठाएको विषयमा धेरथोर जानकारी भएकाले आफ्नो प्राथमिकतामा परेको बताए ।

नेपाल सांस्कृतिक संघका तर्फÞबाट महामन्त्री शिवशंकर रिजाल (जोगीन्दर पानवाला) पूर्व सहमहामन्त्री एवं आदिवासी विषयगत विज्ञ समितिका सदस्य कृष्णकुमार गुरुङ, प्रवक्ता महेश प्रसार्इं, सदस्य लेखबहादुर पुन (डेनिम) एवं सांस्कृतिक संघ कास्कीका सदस्य एवं गायक कृष्ण सुवेदीको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width