वेष्ट फाइनान्सको सोलार प्यानल सहयोग

आदर्श समाज सम्वाददाता
असार १०, २०७८
best finance CSR Picture

पोखरा । वेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ ।
मेलम्चीमा आएको बाढीले पर्‍याएको क्षतिले त्यस क्षेत्रमा बिजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका व्यक्तिलाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्वु गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको जनाएको छ ।
काठमाडौंको कमलादीमा प्रधानकार्यालय रहेको वेष्ट फाइनान्सले भविष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width