शिशुवा कोभिड अस्पताललाई खाट सहयोग

आदर्श समाज सम्वाददाता
असार ८, २०७८
bed @covid hospital

पोखरा । पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले शिशुवास्थित कोभिड अस्पताललाई १५ वटा खाट सहयोग गरेको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रतिमा कोइरालालाई ती खाट हस्तान्तरण गरेका हुन् ।
बिरामीका आफन्त तथा कुरुवाको समस्यालाई मध्यनजर राख्दै अस्पताललाई ती खाट प्रदान गरिएको पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्यले जानकारी दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ सदस्य तथा फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पोखराका पूर्व अध्यक्ष हिरामणि पण्डित, पोखरा च्याम्बर्सका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, पोखरा २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङ, ३० का वडाध्यक्ष श्रीराम पोखरेल, महानगर स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा लगायत सहभागगी थिए ।
कोरोना भाइरस महामारीकै बेला पोखरा महानगरपालिकाले लायन्स क्लबसँगको सहकार्यमा सो अस्पताल निर्माण गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width