कास्कीमा निषेधाज्ञा खुकुलो, जोरबिजोर आधारमा निजी गाडी चल्ने

आदर्श समाज सम्वाददाता
असार ६, २०७८
cdo kaski

पोखरा, ६ असार । कास्कीमा विभिन्न सेवा खुकुलो पार्दै निषेधाज्ञा अवधि एक साता बढाइएको छ । जसमा निजी सवारीसाधन जोरबिजोर बार आधारमा संचालन हुने छन् भने विभिन्र पेसा, व्यवसाय, पसल बिहान ५ देखि १२ सम्म खोल्न पाइने भएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय आधारमा असार ८ देखि १५ सम्म निषेधाज्ञा अवधि बढाउने आदेश जारी गरेका हुन् । गत वैशाख १५ देखि सुरु निषेधाज्ञा अवधि असार ७ गते मध्यरातसम्म कायमै थियो।

आदेशानुसार निजी सवारीसाधन (साना सवारी चार पाङ्ग्रे, दुई पाङ्ग्रे को हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी संचालन गर्न सकिनेछ । चार पाङ्ग्रेमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइनेछ । ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलनु, फुटपाथ पसल लगायत सेवा खोल्न पाइने छैन । तर यसबाहेकका पेसा, व्यवसाय, पसलहरु बिहान ५ देखि दिउँसो १२ सम्म मात्र संचालन गर्न सकिने आदेशमा उल्लेख छ । पसल, व्यवाय संचालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड भने कायम गर्नुपर्नेछ ।

ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनको बेलुकी ७ देखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने छ।

Related News

सम्बन्धित समाचार

hero news full width