रक्तदान कार्यक्रममा २७ युनिट

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
blood

पोखरा । विश्व रक्तदान दिवस अवसरमा रेडक्रस सोसाइटी पोखरा उपशाखा वडा २ र ३ को आयोजनामा रक्तदान कार्यक्रम भएको छ । भीमसेनटोल ल्यामः पुचः को सहआयोजनामा भएको कार्यक्रममा २७ युनिट रगत संकलन भयो ।

पोखरा २ वडाध्यक्ष रामेश्वर मल्लले पहिलो रक्तदातालाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा वडा सदस्य गौतम विजुक्छेको पनि सक्रिय सहभागिता थियो ।

कार्यक्रममा रेडक्रसका ७ सिद्धान्त सावित्री पराजुलीले वाचन गरेकी थिइन् भने स्वागत खगेन्द्रराज पराजुली, धन्यवाद ज्ञापन शान्तिदेवी पराजुली र सञ्चालन विन्दु शर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width