भाग्दाभाग्दै सासू बुहारी च्यापिए पहिरोमा

धनबहादुर गुरुङ
असार ४, २०७८
Myagdi Mangala Photo 1

पोखरा । बिहानै ७ बजे घत्रक्क आवाज आयो, झ्यालबाट चिहाउँदा रुखहरु हल्लिएको जस्तो देखिन् । एकैछिनमै म्याग्दी मंगला गाउँपालिका ५ की हेमकला बुढाथोकीको शरीर गाह्रोले छोपियो । सँगै रहेकी बुहारी हत्तपत्त भाग्न खोजिन् घर बाहिर निस्कन नभ्याउँदै उनी पनि पहिरो परिन् । उनीहरु दुवैलाई हेलिकोप्टरमार्फत पोखरा ल्याइयो । घाइते सासू बुहारकिो अहिले पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार रातिदेखि देशभर वर्षा भइरहेको छ । उतिबेलै मौसम पूर्वानुमान महाशाखाले म्याग्दीको घोडेपानीमा अत्यधिक पानी परेका कारण सचेत रहन आग्रह गरेको थियो । घोडेपानी क्षेत्रमा अत्यधिक पानी पर्ने भएपछि म्याग्दीको ग्रामीण क्षेत्रका बासिन्दा सचेत नै थिए ।

मंगला गाउँपालिका ५ सिर्कुमका हिमकला बुढाथोकीको परिवार पनि सचेत नै थियो । पानी परिरहेकै कारण काम नभएपछि उनीसहित ४ जनाको परिवार साँझमै सुुते । बिहान पनि ६ बजेमात्र उठेर नियमित धन्दामा लागे । उठ्ने बित्तिकै श्रीमान् र छोरालाई चिया खाजा दिएर उनीसँगै बुहारी भान्सातिर लागिन् । बुहारी सुजिता खाना पकाउन कस्सिइन् । हिमकला भने गफिन थालिन् । श्रीमान् र छोरा गाईवस्तुको धन्दा गर्दै थिए । बाहिर झमझम पानी पर्न रोकिएको थिएन् । सासू बुहारीको गफ झरीकै बारेमा थियो । एक्कासि घत्रक्क गरेको आवाज आयो । झ्याल खोलेर हेर्दा रुख हल्लेको देखे । उतिखेरै घरको कुनातिरको भित्ता आफूतिर आयो । केही समयमै उनको शरीर लेदो माटो र ढुंगाले छोपियो । त्यो बेलासम्म श्रीमान् र छोरा थाहा पाइसकेका थिए । घाइते अवस्थाकी बुहारीलाई छोराले तानेर आमालाई खोज्दा उनी भेटिइनन् । माटो र ढुंगाले छोपिए पनि भाग्यले उनको अनुहार पुरिन रुखले छेक्यो । ‘मलाई बाँच्नै लेखेर त होला, रुखको हाँगा र दलिन मेरो अगाडि आयो, त्यसले ढुंगा माटो छेक्यो,’ उनले भनिन्,‘एउटा हात चलाउन मिल्ने थियो अनि हात हल्लाउँदै छोरा म यता छु भन्न भ्याएँ ।’ आमाको आवाज सुनेर छोरो पुग्दा आमालाई पहिरोले पुरिसकेको थियो ।

केही समयमै उनको शरीर लेदो माटो र ढुंगाले छोपियो । त्यो बेलासम्म श्रीमान् र छोरा थाहा पाइसकेका थिए

हार गुहार भएपछि तल्लो र माथिल्लो गाउँका स्थानीय आएर उद्धारमा खटिए । करिब २ घन्टापछि उनको उद्धार भयो । त्यसपछि उनीसँगै बुहारीलाई पीपलबोटसम्म गाडमीा लगियो । बाटो पुरै बिग्रेकाले बोकेर मंगला स्वास्थ्य चौकी पु¥याएर उपचार गरियो । त्यहाँ उपचार सम्भव नभएपछि पोखरा ल्याउनुपर्ने भयो । पोखरा ल्याउन बाटो नभएपछि हेलिकाोप्टरका लागि गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाले पहल गरे । बुधबार मौसम खराबीका कारण सम्भव नभएपछि बिहीबार बिहानमात्र पोखरा ल्याएर उपचार भइरहेको छ । उनको कम्मरमुनिको भाग नचल्ने भएको थियो भने बुहारीको टाउको र ढाडमा सामान्य चोट लागेको छ ।

बुढाथोकीको ढुंगा माटोले बनेको २ तले कच्ची घर तथा सँगै जोडिएको गोठमा पहिरो खसेको हो । पहिरोकै कारण गोठमा रहेको ३ वटा भैंसी, २ वटा गोरु र ५ वटा बाख्रा पहिरोले पुरिएको छ । म्याग्दीको मंगला गाउँपालिकामा ३२ घर पहिरोको जोखिम रहेको गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिए । २ वटा विद्यालयसहित सामुदायिक भवनमा क्षति पुगेको उनको भनाइ छ । मंगला ५ मा १० शड्ढयाको निर्माणाधीन अस्पतालको जमिन पनि म्याग्दी नदीले कटान गरेको उनले बताए । मोटरबाटो र गोरेटो बाटोमा पनि पहिरो गएको छ । बाढी पहिरो पीडितका लागि सम्बन्धित वडालाई व्यवस्थापन गर्न निर्देशन दिएको उनको भनाइ छ । छिमेकी, आमा समुह र युवा क्लबले व्यवस्थापन पनि गरिसकेको उनी बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै