गलकोट । अबिरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि उहाँहरु अहिले आफन्त र गोठमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।
अव्यवस्थित रुपमा खनिएको सडकले घर माथिदेखि भलसहित आएको बाढीले स्थानीय मनबहादुर दमाई, नरबहादुर दमाई, खिमबहादुर दमाई, नवीन दमाई, गम्मरसिं गुरुङ, भूपाल गुरुङ, शेरबहादुर रोका र नरबहादुर गुरुङको घर बाढीले बस्नै नमिल्ने गरी क्षति पु¥याएको छ । विस्थापित भएका गम्मरसिं, भूपाल, शेरबहादुर र नरबहादुर आफन्तको घरमा आश्रय लिएका छन् भने चार दलित परिवार गाउँको खाली गोठमा बस्न बाध्य छन् । उनीहरुको अन्य कुनै जायजेथा नभएको बडिगाड गाउँपालिका—७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । बुधबार राति आएको पहिरोसहितको बाढीले ती परिवारहरु विस्थापित हुनुपरेको हो ।
आफूहरुको घरबाहेक अरु सम्पत्ति नभएकाले अब के गर्ने भन्ने समस्या र चिन्तामा रहेका नरबहादुर दमाइले बताउनुभयो । वडाध्यक्ष गुरुङले हाललाई गाउँमा छिमेकीहरुसँग सरसल्लाह गरेर खाली गोठ तथा घरमा व्यवस्थापन गरिएको भएपनि उनीहरुको दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेको जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१