गण्डकीमा सरकार गठनका लागि विपक्षीले आजै दाबी पेस गर्ने

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
parle pix gandaki

पोखरा । गण्डकीमा वैकल्पिक सरकार गठनका लागि विपक्षी दलहरुले आज नै दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले भोलि दिउँसो २ बजेसम्मको समय तोकेर आह्वान गरे पनि बहुमत सदस्य (३१) सहित आजै उपस्थित हुन लागेको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

अहिले सबैजना नेपालीको निवासमा जम्मा भएका छन् । प्रदेश प्रमुखसँग समय माग्दा ६ बजेभित्र आए हुन्छ भने पनि आफू ५ बजेभित्रै पुग्ने कांग्रेस संसदीय दल उपनेता मेखलाल श्रेष्ठले बताए ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घन्टाको समय दिएर दावी पेस गर्न आजै आह्वान गरेकी थिइन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।

प्रदेश सभामा हिजो मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको पहल सुरु भएको हो । मुख्यमन्त्रीले २७ मत ल्याउँदा विपक्षीले ३० मत प्राप्त गरेका थिए ।
जनमोर्चाका सांसद कृष्ण थापाले मत हालेनन् भने स्वतन्त्र सांसद दीपक मनाङे उपस्थित नै भएनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width