पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडीको लागि कोरोनाविरुद्ध खोप व्यवस्थाको लागि पहल सुरु गरेको छ । प्रदेशको नेतृत्व गर्दै आठौं राष्ट्रिय खेकलुद प्रतियोगितामा र १३ औं सागका पदक विजेता खेलाडीलाई कोभिड–१९ विरुद्धको खोपका लागि पहल सुरु गरेको हो ।
परिषद्को बुधबार सम्पन्न बैठकले युवा तथा खेलकुद मन्त्रालयमार्फत खोपको पहल सुरु गर्ने निर्णय गरेको परिषद् सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिए । कोरोनाको दोस्रो लहरको महामारीका कारण खेलकुद क्षेत्र ठप्प रहेकोले खेल क्षेत्र चलायमान गराउन खोप अनिवार्य भएको सदस्यसचिव गुरुङले बताए ।
बैठकले गण्डकी प्रदेशमा विभिन्न पर्यटन तथा साहसिक खेलकुदको अध्ययन तथा परामर्शका लागि वसन्तराज दवाडीको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको छ । जसको सदस्यमा परिषद् सदस्य केशव पाठक र गिरमान गुरुङ छन् । साथै असार दोस्रो साताबाट प्रदेशमा विभिन्न खेलका प्रशिक्षक उत्पादन गर्न अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१