पोखरा । पोखरा ४ सहरी स्वास्थ्य केन्द्र परिसरमा बिहीबार बिहान वृद्धवृद्धा पंक्तिबद्ध भई पालो कुरेर बसेका देखिन्थ्यो । जनप्रतिनिधिसहित स्वयंसेवक भिग्नेस गुरुङ लाइन मिलाउन व्यस्त थिए । पालैपालो गेटबाट भित्र छिरेकालाई केन्द्रका प्राविधिक स्वयंसेवक सावित्री अधिकारी, मनीषा कँडेल र हरि क्षेत्री खोप कार्ड दिन व्यस्त थिए भने भित्रतिर एक कोठामा अहेब कमला अर्याल कोरोनाविरुद्ध भेरोसिल खोप लगाइदिँदै थिइन् ।
लामो प्रतीक्षापछि भेरोसिल लगाइसकेपछि ६४ वर्षीया पार्वतीकुमारी श्रेष्ठ ‘ल अब केही भए पनि ढुक्क भइयो’ भन्दै निस्किइन् । ‘अब अर्को डोज कहिले आउँछ ?’ भनी प्रश्न गर्दै थिइन् । दोस्रो पनि छिट्टै आए अझ ढुक्क हुने उनको तर्क थियो ।
उनीसँगै पति विष्णुकुमार श्रेष्ठ आएका थिए । विष्णुकुमार पनि खोप लगाउन पाएकोमा मख्ख थिए । यसअघि कोरोना जितिसकेका श्रेष्ठ दम्पती खोप लगाइसकेपछि कोरोना लाग्दा पाएको दुख अब नदोहोरिनेमा आशावादी देखिन्थे । उनको परिवारमा ४ सदस्य छन् । परिवारका सबैलाई कोरोना संक्रमण थियो । रोग लागिसकेपछि विष्णुकुमार त गण्डकी मेडिकल कलेजमै भर्ना भएका थिए । उनकी श्रीमती र छोराछोरी होम आइसोलेसनमै निको भएका रहेछन् । कोरोना लाग्दा साह्रै दुख पाएको विष्णुकुमारको अनुभव छ । दुख मात्र हैन, उपचार गराउँदा धेरै खर्च भएको पनि सम्झिए । त्यो दुख सम्झिँदै उनले सबैलाई खोप लगाउन सुझाव समेत दिए । तर उमेर समूह छुट्याएर खोप लगाउनु राम्रो नभएको तर्क छ, विष्णुकुमारको । यसो गर्दा संक्रमित छोराछोरी खोपबाट वञ्चित बनेको उनको गुनासो थियो ।
यसअघि कोरोना जितिसकेका श्रेष्ठ दम्पती खोप लगाइसकेपछि कोरोना संक्रमणले पाएको दुख अब नदोहोरिनेमा आशावादी देखिन्थे
पोखरा ४ सहरी केन्द्रमा बिहीबार वडा २ र ४ का १ सय १७ जनाले खोप लगाएका हुन् । तीमध्ये ७० महिला रहेको केन्द्रका प्रमुख सुजन पौडेलले जानकारी दिए । केन्द्रमा १ सय ५० खोप लगिइएको ३३ खोप बाँकी छ ।
यसैगरी, पोखरा १ बगरको सहरी स्वास्थ्य केन्द्रमा पनि बिहानैदेखि खोप लगाउनेहरुको भिड देखिन्थ्यो । यहाँ भने अवस्था भद्रगोल थियो । एकै पटक धेरै जना खोप केन्द्रमा पुग्दा केन्द्रका स्वयंसेवकलाई व्यवस्थापनमा हम्मेहम्मे परेको थियो । भीडबाटै कोरोना सर्न सक्छ भनेर सम्झाउँदा पनि नटेरेको केन्द्रकी एक कर्मचारीले भनिन् । उनीहरुले जतिसक्दो सहज बनाउने कोशिसमा थिए । त्यही भीडबीच पालो कुरेरै ६४ वर्षीया टेकशोभा गुरुङ खोप लगाएर निस्किइन् । उनले अरु सुईं लगाउँदाभन्दा फरक महसुुस गरेको अनुभव सुनाइन् । धेरै जना कोरोना संक्रमित भएको सुनेका उनी खोप लगाएपछि ढुक्क थिइन् । ‘अब त केही हुन्न होला नि, पहिला त अरुअरुलाई लाग्यो भनेको सुन्दा पनि साह्रै मन आतिन्थ्यो’, उनले भनिन् ।
पोखरा महानगरका विभिन्न २७ स्थानमा बिहीबार खोप लगाउने तय भएको थियो । महानगरका ६२ देखि ६५ वर्ष उमेर समूहलाई भेरोसिल दिइएको हो । जिल्लाले महानगरका लागि ६ हजार ५ सय खोप दिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए । बिहीबार धेरैजसोले भेरोसिल लगाएको पौडेलको भनाइ थियो । ‘सबै केन्द्रबाट डाटा आउन बाँकी छ, प्राप्त जानकारी अनुसार धेरैले भेरोसिल लगाएका छन् भन्ने सुनेको छु,’ उनले भने ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१