पाेखरा । विगत २४ घण्टायता नेपालमा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ७ हजार ७९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
उक्त अवधिमा देशभर ५ हजार ४२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ५४० जनाको पीसीआर र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो।
शनिबार ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरेको शवसमेत गरी शनिबार ६८ मृतक थपिएका छन्।
योसँगै नेपालमा ५ लाख ८५ हजार एक सय जनालाई संक्रमण भएको पीसीआर विधिमार्फत् पुष्टि भएको छ भने १३ हजार १०४ जनालाई एन्टिजेन विधिमार्फत् संक्रमण भएको पुष्टि भएको छ। यीमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ४७१ को पीसीआर र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण भएको छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१