महन्थ ठाकुर पक्ष सरकारमा जाँदै, सपथ आजै

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७८
rajendra mahato

काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा जाने भएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले ८ मन्त्री र दुई राज्यमन्त्रीको नामसहितको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

जसअनुसार शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने छन् । महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ । चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मियाँ वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने जनाइएको छ ।

२ राज्यमन्त्री चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् । मन्त्रीहरुको सपथ साँझ ६ बजे हुनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width