कोरोना संक्रमित शिशुलाई नेविसंघकाे पहलमा सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
NC Help Photo

पोखरा । आर्थिक अभावका कारण मणिपाल अस्पतालले भर्ना लिन नमानेको शिशुका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) को पहलमा सहयोग जुट्न थालेको छ । नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकालको सक्रियतमा बिहीबार शिशु मनित बुढामगरको उपचारका लागि ३० हजार सहयोग प्राप्त भएको छ । समाजसेवी टीकाकुमारी गुरूङले २० हजार र पोखराका व्यवसायी विश्वराज श्रेष्ठले १० हजार सहयोग गरेका हुन् । उक्त रकम शिशुका बुवा जानबहादुर बुढालाइ ढकालले हस्तान्तरण गरे ।
कोरोना पीडित शिशुका बुवा जानबहादुर बुढामगरलाई सिधैं सम्पर्क गरी सहयोग पनि गर्न सकिने ढकालले बताए । आर्थिक अभावका कारण उपचार नगरी जÞबरजस्त डिस्चार्ज गर्ने गैरजिम्मेवार मणिपाल शिक्षण हस्पिटल पोखरालाई कड़ा कानुनी कारबाही गर्न नेविसंघले माग गरेको छ । ती शिशुका बुवा र आमासमेत संक्रमित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) पोखरामा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै