युनिलिभर नेपालको ‘सफा हिमाल सफाइ अभियान’

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
uniliver (2)

पोखरा  । युनिलिभर नेपालको विश्वलाई दिगो साझा बासस्थान बनाउने प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ ।

फोहरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ । जथाभावी फोहर फालिँदा वन्यजन्तुको असामयिक मृत्युको कारक बनिरहेकोे छ, त्यसले हिमालको सुन्दरता नष्ट पारिरहेको छ । साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ ।

नेपाली सेनाको मुख्यालय, जंगी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाई दिए ।

‘सफा हिमाल अभियानलाई सहयोगका लागि म युनिलिभर नेपाललाई धन्यवाद दिन चाहन्छु । हिमालय श्रृङ्खला सफा राख्ने यो पहलबाट तपाईंहरूले सबै नेपालीको मन छुनु भएको छ,’ सहायक रथी खड्काले भने ।

कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाएको सन्देशमा भनिएको छ, ‘प्राकृतिक संसार हराउँदै गएको छ । यो अवस्था उल्ट्याउन युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्र्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन अनि यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो ।’

अभियानअन्तर्गत धौलागिरी हिमालबाट ५ हजार किलो फोहोर संकलन गरिएकोमध्ये सड्ने–कुहिने ३ सय किलो फोहोर धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने ४ हजार ७ सय किलो फोहर रिसाइकल गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको छ ।

युनिलिभरले पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ । ‘हामी विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउन प्रतिबद्ध छौं र आउँदा दिनमामा यस्ता कार्यक्रममा निरन्तर सहभागी हुनेछौं,’ निर्देशक सहायक मुखर्जीले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width