सार्दीखोलाको स्वास्थ्य चौकीलाई प्रवासबाट सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
shardikhola (1)

पोखरा । सार्दिखोला समाज युकेले सार्दिखोला स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

समाजले अक्सिजन कन्सन्टेटर, अक्सिमिटर, एन्टिजेन टेस्ट किट, पिपिई, साबुन, सेनीटाइजर, मास्क लगायत ३ लाख २४ हजार बराबरको सामग्री वडा अध्यक्ष समेत रहेका स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरेको हो । समाजसेवी ज्ञानकाजी गुरुङले व्यक्तिगत रुपमा पठाएको ६० हजार समेत उनका छोरा अरुण गुरुङले वडा अध्यक्ष गुरुङलाई हस्तान्तरण गरिएको छ ।

कोरोनाको दोस्रो लहर बढ्दै जाँदा माछापुच्छ्रे गाउँपालिका वडा २ का वडाध्यक्ष, स्वास्थ्य चौकीका कर्मचारी तथा समाजसेवीले सहयोग जुटाउन पहल गरेका छन् ।
सार्दिखोला समाज युकेका उपाध्यक्ष अमृत गुरुङको पहल तथा सम्पूर्ण सार्दिखोला युकेवासीको छलफलपछि सो रकम बराबरको सहयोग प्राप्त भएको हो ।
स्वास्थ्य चौकीका अहेव शिव केसीले सामग्रीको आवश्यकता र प्रयोगको बारेमा प्रष्ट पारेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width