कास्कीकाे माछापुच्छ्रे माविले यो वर्ष पनि तयार पार्‍याे वैकल्पिक स्वाध्ययन अभ्यास सामग्री

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
machhapuchhre school (1)
पोखरा । कास्कीको माछापुच्छ्रे माविले यो वर्ष पनि विद्यार्थीहरुका लागि वैकल्पिक स्वाध्ययन अभ्यास सामग्री तयार पारेको छ । नर्सरीदेखि १० कक्षासम्मकै लागि ९० दिने स्वअध्ययन अभ्यास पुस्तिका तयार पारेको प्रधानाध्यापक सन्तोष आचार्यले बताए ।
पोहोरकाे अनुभवबाट सिकेर यसपालि पनि सामग्री तयार पारेकाे उनले जनाए । आफ्नै विद्यार्थीका लागि भनेर तयार पारेको उक्त सामग्री माछापुच्छ्रे गाउँपालिकाभित्र मात्र होइन, पोखरा महानगर हुँदै मुलुकका दर्जनभन्दा बढी जिल्लामा पुर्‍याइएको थियो गत वर्ष ।  प्रधानाध्यापक सन्तोष आचार्य भन्छन्, ‘ कोरोनाको महामारी अगाडि पनि  हामी केही न केही फरक अभ्यास गरिरहन्थ्यौं, पोहाेरदेखि त झन् वैकल्पिक शिक्षाका लागि उपाय खोज्नु नै थियो, त्यसैको अभ्यास हो स्वअध्ययन अभ्यास पुस्तिका ।’
पहिलो दिन कुन विषयको कुन समस्या हल गर्ने भनेर सूची नै बनाइएको छ । त्यही अनुसार विद्यार्थीले घरमै अभ्यास गर्छन् । त्यसको दैनिक अनुगमनको जिम्मा अभिभावकै हो । शिक्षकहरु कहिले टोलटोलमा पुग्छन् त कहिले घरमै । जब धेरै विद्यार्थी यसमा सामेल हुन थाले बार मिलाएर थोरै थोरै विद्यार्थीले गरेको अभ्यासको मूल्यांकन गर्न थालियो । कमजोर विद्यार्थीलाई केही समय दिएर सम्बन्धित विषयका शिक्षकहरुले सिकाएर घर पठाए ।
सहरतिर अनलाइन कक्षाको हल्ला चलिरहेका बेला नियमित बिजुली नभएको र इन्टरनेट पनि नपुगेको ठाउँमा त्यो सम्भव पनि थिएन । केही अभिभावकले इन्टरनेट र मोबाइलको जोहो बाबुनानीलाई त गर्देलान् । तर सबैको पहुँच नभएकै कारण माछापुच्छ्रेका शिक्षकहरुले त्यतातिर ध्यानै दिएनन् । बरु परीक्षापिछिको १ दिन पनि खेर जान दिएनन् । कुनै न कुनै सामग्री दिएर विद्यार्थीलाई शैक्षिक गतिविधिमा सहभागी गराइ नै रहे । प्रअ आचार्य भन्छन्, ‘हामी स्थानीय, प्रदेश र संघ सरकारको निर्णय कुरेर बसेनौं, जसरी सम्भव हुन्छ, त्यसरी विद्यार्थीहरुलाई पढाइसँग जोडिरह्यौं ।
प्रअ सन्ताेष आचार्यले यो वर्षको स्वाध्ययन अभ्यास सामग्रीका बारेमा फेेसबुकमार्फत यसरी जानकारी दिएका छन् 
 कोरोना संक्रमणले पारेको विश्वव्यापी असरले विद्यालय तह अति प्रभावित पारेकोले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थीहरुलाई उपयोगी हुने किसिमको “९० दिने स्वाध्ययन अभ्यास सामाग्री” निर्माण गरि Soft Copy तथा अभ्यास सामाग्री (पुस्तक) नै इच्छुक स्थानीय तह/विद्यालयसँग सहजीकरण गरि धेरै भन्दा धेरै स्थानिय तह/विद्यालय तहसम्म पु¥याउने लक्ष्य राखिएको हुनाले निम्न सर्तमा प्रयोग गर्नका लागि स्थानीय तह शिक्षा शाखालाई जानकारी गराइन्छ । आशा छ सम्पूर्ण स्थानीय निकायले यसको भरपुर उपयोग गरी विद्यार्थीलाई अभ्यास कार्यमा संलग्न गराउने छन ।
सर्तहरु
1. Soft Copy खरिद गर्ने भएमा :  बाल विकास (ECD) भित्रका नर्सरी, एल.के.जी., यु.के.जी. देखि कक्षा १० सम्म जम्मा १३ वटा अभ्यास सामाग्रीको Soft Copy उपलब्ध हुनेछ । जस्को लागि सम्झौता पत्रमा दुवै पक्षले हस्ताक्षर गरेपश्चात मात्र सफ्ट कपि पठाइनेछ ।
2. अभ्यास सामाग्री नै खरिद गर्ने भएमा : छापिएको अभ्यास सामाग्री कक्षा नर्सरी, एल.के.जी., यु.के.जी.को अभ्यास सामाग्रीमा नै लेख्न मिल्ने हुने भएकोले यसलाई रु. १५० पर्नेछ भने कक्षा १ देखी १० सम्मको सामाग्रीको लागि प्रति विद्यार्थी रु. १०० मात्र पर्नेछ ।
यस स्वाध्ययन सामग्रीका उदेश्यहरु/विशेषताहरु 
 कक्षा नर्सरी, एल.के.जी., यु.के.जी. सहित कक्षा १ देखि कक्षा १० सम्मको कक्षागत छुट्टाछुट्टै अभ्यास सामाग्री भएको ।
 प्रत्येक कक्षाको प्रत्येक विषयको ९० दिनेको अभ्यास सामाग्री दिन १, दिन २, ३ हुदै दिन ९० दिनसम्म प्रष्ट छुटयाइएको छ ् ।
 पाठयपुस्तक अध्ययनलाई प्रोत्साहन गर्ने तरिकाले निर्माण गरिएको ।
 अभिभावकको भूमिकाको प्रष्ट व्यवस्था गरिएको ।
 विद्यार्थीहरुलाई सृजनात्मक तरिकाले गराउने ।
 प्रत्येक पुस्तकमा प्रत्येक कक्षामा पढने सवै विषयका प्रश्नहरु समावेश गरिएको ।
 मापन योग्य र विश्वसनिय ।
 विज्ञ शिक्षकहरुद्धारा तयार गरिएको ।
 नेपाली र अंग्रेजी दुवै माध्यममा तयार पारिएको ।
 Curriculum सँग सम्बन्धित रहेर तयार पारिएको ।
– स्वाध्ययनका लागी विद्यार्थीलाई स्वस्फुर्त पाठ्यपुस्तकको प्रयोग तथा विना प्रयोग अध्ययनशिल बनाउने ।
– शिक्षकको उपस्थिती विना पनि विद्यार्थीले घरमा नै ज्ञान तहको पढाई अघि बढाउन सक्ने ।
– यस अभ्यास सामग्री मुल्याङ्कन तथा सहजिकरण गर्न सजिलो ।
– सवै सामुदायिक तथा निजी विद्यालयहरुलाई उपयोगी हुने । (पाठ्यक्रमको आधारमा निर्माण गरिएको । जुनसुकै प्रकाशनका पाठ्यपुस्त प्रयोगकर्ता विद्यालयका लागि पनि उपयुक्त)
– विद्यार्थीहरुको शैक्षिक क्षती रोक्ने उद्देश्यले तयार पारिएको ।
– विद्यार्थीले विद्यालय छाड्ने, वालश्रममा पर्ने, वालविवाह हुने तथा अन्य कुलतबाट बचाओस भन्ने उद्देश्यले निर्माण गरिएको ।
– अनु्भवि शिक्षकद्धारा निर्मित सामाग्री
– रेडीयो, टि.भी. तथा अनलाइन शिक्षाको वैकल्पिक तथा सहयोगी सामाग्रीको रुपमा तयार गरिएको ।
– शिक्षक तथा विद्यार्थी विच भएको भौतिक दुरीलाई कम गर्न निर्माण गरिएको सामग्री

Related News

सम्बन्धित समाचार

hero news full width