फोहोेरपानी पिउन बाध्य

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
Water Tap

नवलपुर  । देवचुली नगरपालिकाका १ हजार ४ सय घरका उपभोक्ताले फोहोर पानी पिउन बाध्य भएका छन् । देवचुली वडा ७, ८ र ९ का बासिन्दाले फोहोर पानी पिउन बाध्य हुन् ।

३ दिनदेखि निरन्तर वर्षाका कारण देउसोत खोला बढेसँगै धमिलो पानी खानुपरेको स्थानीयको गुनासो रहेको छ । देवचुली खानेपानी आयोजनाका १ हजार ४ सय उपभोक्तालाई मुलपानीबाट दिइएको पानी अभाव भएपछि सोझै खोलाको पानी मिसाइएको थियो ।

देवचुली खानेपानीका अध्यक्ष भूमिसरा आलेले खोलामा बाढी आएपछि धारामा पनि धमिलो पानी आएको बताइन् ।

यसैबीच, देवचुली नगरपालिका वडा ९ ले २ ट्यांकर पानी स्थानीयलाई वितरण गरेको छ । देवचुली खानेपानीमा खोलाको भलपानी पसेर धारामा फोहोर पानी आएपछि मिलनटोलका बासिन्दालाई पिउने र खाना पकाउने पानीको अभाव भएकोले प्रगतिनगर खानेपानीसँग सहकार्य गरेर घरघरमा पानी वितरण गरेको वडा अध्यक्ष मेखबहादुर थापा सारु मगरले बताए । मिलन टोलका २ सय २० घरधुरी उपभोक्तालाई वडा अध्यक्ष मेख बहादुर थापा सारु मगरको पहलमा शुद्ध पानी वितरण गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै